CNC Ireland ,Establish 2010 '’हाम्रो संकृती र परम्परलाई जोगाऔ ,नेपाल र नेपाली लाई चिनाऔ‘’ '’Let’s Preserve Our Culture and Tradition, let’s Introduce Nepal and Nepalese

कोर्क नेपाली समाज र नेपाल सरकार — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयरल्याण्डका लागि नियुक्त पर्यटन प्रवर्द्धक बसन्त न्यौपानेको संयोजनमा विशेष कार्यक्रम

कोर्क नेपाली समाज र नेपाल सरकार — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयरल्याण्डका लागि नियुक्त पर्यटन प्रवर्द्धक बसन्त न्यौपानेको संयोजनमा विशेष कार्यक्रम यही मिति २०२५/०६/०४, मंगलवारका दिन Cork City Council Hall मा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा विशेष रूपमा नेपाल र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा Lord Mayor of Cork City Council लाई आमन्त्रित गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि Lord Mayor को मन्तव्य, पर्यटन प्रवर्द्धक बसन्त न्यौपाने को सम्बोधन, NRNA आयरल्याण्ड अध्यक्ष प्रकाश सापकोटा को मन्तव्य, विविध सांगीतिक तथा नृत्य प्रस्तुतिहरू, नेपाली सांस्कृतिक पहिरन र परम्परा सम्बन्धी जानकारी प्रस्तुत गरिएको थियो । नेपाली, आयरिश तथा अन्य देशका गरी ८० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन यूवराज खत्रीले गर्नुभएको थियो।
यस कार्यक्रमले Cork City Council र नेपाली समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर प्रदान गरेको छ।
 यस विशेष कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पार्न योगदान गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छौं।
तपाईंहरूको सक्रिय सहभागिता, आत्मीयता र सहयोगले नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ प्रभावकारी ढंगले प्रस्तुत गर्न सक्ने विश्वास बढेको छ।

हार्दिक धन्यवाद! 🙏
जय नेपाल! 🇳🇵
कोर्क नेपाली समाज परिवार
@https://photos.app.goo.gl/5NkUvNxLfQ8r7PVN8 
सम्पूर्ण फोटोहरू यो लिङ्कमा संलग्न गरिएको छ।
रमाइला र सम्झनलायक पलहरू क्यामेरामा कैद गरीदिनु भएकोमा हुम रानाज्यूलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं।

Cork Nepalese Community , Ireland