कार्यक्रमको सुरु देखि अन्त्यसम्म तपाईंहरूको उपस्थिति, ऊर्जा र मायाले यस समारोहलाई साँच्चै अद्भुत बनायो। हरेक मुस्कान, सहयोग, समर्थन र प्रेरणाले यो कार्यक्रम सफल मात्र होइन, हाम्रो समुदायको गौरवको प्रतीक बनायो।
विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौं:
• मुख्य अतिथि तथा नेपाल सरकारका पर्यटन दूत, श्री Neupane Basanta ज्यूलाई — गरिमामय उपस्थितिले कार्यक्रममा ऊर्जा थप्नुभयो।
• NRNA Ireland का अध्यक्ष, श्री Prakash Sapkota ज्यूलाई — सधैंझैं यहाँहरूको साथ र समर्थनप्रति हार्दिक आभार।
• बागलुङ समाज आयरल्यान्डका अध्यक्ष, श्री Ram Krishna Sapkota ज्यूलाई — आत्मीय उपस्थितिको लागि धन्यवाद।
• हाम्रो सबैका मन मुटुमा बस्नुभएका गायक Deep Pariyar को सजीव र मनमोहक प्रस्तुति प्रति विशेष धन्यवाद, साथै आयरल्याण्डका अग्रणी देसी डीजे – @djtusharmhatre द्वारा प्रस्तुत गरिएको ऊर्जाशील र धमाकेदार डीजे सेटका लागि पनि हार्दिक आभार!
विशेष धन्यवाद
Maski Rana Hum लाई — यहाँले खिच्नुभएको तस्बिरहरूले कार्यक्रमका प्रत्येक पललाई स्मरणीय बनाइदिएको छ। तपाईंको योगदान अमूल्य छ! तस्बिरहरू तल अपलोड गरिएको छ, थप फोटोहरू हेर्न लिंकमा क्लिक गर्नुहोस्:
https://photos.app.goo.gl/pckiEWRwct1NpLgc9
साथीहरू, स्वयंसेवकहरू, कलाकारहरू, दर्शकहरू र हाम्रा शुभचिन्तकहरू — तपाईंहरू सबैप्रति गहिरो धन्यवाद!
निकै स्वादिष्ट खाना पकाउनु भएका सम्पूर्ण भान्सेहरुलाई विशेष धन्यवाद!"
हामी गर्वका साथ भन्छौं —
यो कार्यक्रम केवल उत्सव थिएन, यो हाम्रो एकता, पहिचान र समुदायको शक्ति को प्रतिबिम्ब हो। नववर्ष २०८२ को सुरुवात यति विशेष तरिकाले गर्न पाउँदा हामी धेरै नै सम्मानित र उत्साहित छौं!
आउँदै गरेको नयाँ वर्ष २०८२ को तपाईं र तपाईंको परिवार, साथी-सम्बन्धी र सबै नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई धेरै धेरै शुभकामना!
माया र आभार सहित,
Lokesh Dhami
अध्यक्ष, CNC Ireland
#cncireland #NepaleseinCork #समुदायकोशक्ति #नववर्ष२०८२ #धन्यवाद #सांस्कृतिकउत्सव #NepalIreland #NewYear2082
No comments:
Post a Comment