आज Cork Nepalese Community ले Cork City St. Patrick’s Day Parade मा सहभागिता जनाउँदै नेपाललाई गौरवपूर्ण रूपमा प्रतिनिधित्व गर्यो। हाम्रो संस्कृति, एकता, र सम्पदालाई यस भव्य मञ्चमा प्रस्तुत गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं!
यस अद्भुत अवसर प्रदान गर्नु भएकोमा Cork City Council लाई हार्दिक धन्यवाद! नेपाली समुदायको समृद्ध परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने अवसर दिनु भएकोमा हामी आभारी छौं।
यस ऐतिहासिक कार्यक्रममा सहभागी हुने, समर्थन गर्ने, र हामीलाई हौसला प्रदान गर्ने सबैलाई मुरी-मुरी धन्यवाद! तपाईंहरूको जोश, जाँगर, र साथले यो क्षण अझ विशेष बनायो।
विशेष धन्यवाद NRNA Ireland का अध्यक्ष श्री Prakash Sapkota र बागलुङ समाज आयरल्याण्डका अध्यक्ष श्री Ram Krishna Sapkota लाई, जसले हामीसँगै मार्च गर्दै हाम्रो प्रतिनिधित्वलाई अझ गौरवशाली बनाउनुभयो।
CNC समिति सदस्यहरू—तपाईंहरूको कठिन परिश्रम र समर्पणले यो कार्यक्रम सम्भव भएको छ। तपाईंहरूको योगदान बिना यो सफल हुनु असम्भव थियो।
https://photos.app.goo.gl/pV6Yc7TLfVEVfiLq9
No comments:
Post a Comment