CNC Ireland ,Establish 2010 '’हाम्रो संकृती र परम्परलाई जोगाऔ ,नेपाल र नेपाली लाई चिनाऔ‘’ '’Let’s Preserve Our Culture and Tradition, let’s Introduce Nepal and Nepalese

कोर्क नेपाली समाज आयरल्यान्डको छैठौं अधिवेशनमा २०१९-२०२१ को लागी नयाँँ कार्यसमिती सर्वसम्मत चयन

कोर्क नेपाली समाज आयरल्यान्डको छैठौं अधिवेशनमा बन्दसत्र मार्फत विधानमा केही साम्सोधन गर्दै समाजले २०१९-२०२१ को लागी नयाँँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ ।
जस अनुसार नवगठित कार्यं समितीको अधक्ष्यमा लोकनाथ त्रिपाठी , उपाध्यक्ष द्वयमा राजेन्द्र न्यौपाने र विजय सहानी , महासचिबमा सीमा सुवेदी , सचिव वीरेन्द्र अधिकारी , कोषध्यक्ष कमल अधिकारी , सह कोषाध्यक्ष सरोज पोखरेल , युवा सम्योजक अंकित ओली , महिला सम्योजक जानुका चुवाई , बिध्यार्थी सम्योजक ज्ञानु मगर , सांस्कृतिक सम्योजक विवेक रिमाल , कार्यसमिती सदस्यहरु किशन खत्री , शर्मिला पौडेल , हरि गौतम र विवेक पोखरेल रहनु भएको छ ।
समाजका अधक्ष्य टेक नारायण पौडेलको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा प्रमुख अतिथिको रूपमा जनसम्पर्क समिती आयरल्याण्डका अधक्ष्य एवं गैर आवासीय नेपाली संघ आयरल्यान्डका पूर्व अधक्ष्य शुक्रराज न्यौपाने, तेसै गरी अथितिहरुमा कर्क नेपाली समाजका पूर्व अधक्ष्य एवं गैरआवसीय नेपाली संघ आयरल्यान्डका पूर्व उपाधक्ष्य बसन्त न्यौपाने,वर्तमान उपाधक्ष्य लोकनाथ त्रिपाठी,दुर्गा चुवाई रहनु भएको थियो भने कार्यंक्रमको संचालन समाजका महासचिब चमन रानाले गरेका थिए ।
अधिवेशनको उदघाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि शुक्रराज न्यौपाने ले कर्क समाजले स्थापना काल देखी खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्दै भन्नुभयो जसरी कर्क नेपाली समाजले आयरल्यण्डमा आफ्नो देश तथा समुदायको पहिचान, भाषा एवं संस्कृत को जगेर्ना तथा नेपाली समाज लाई यहाको समाजमा स्थापीत गराउँदै समग्रमा नेपाल लाई चिनाउने कार्यं गरिरहेको छ तेसकोलागि सम्पूर्ण कर्कबाशी नेपाली दाजु भाई तथा दिदीबहिनी हरूलाई हार्दीक धन्यवाद दिन चाहान्छु । आफैपनी विगत लामो समय देखी कर्कमा भएको र कर्क समाजको स्थापना लगायत कर्क समाजले गर्दै रहेको छैटौं अधिवेशन सम्मको यात्राको प्रतक्षसहभागी रहँदै गर्दा समाजको प्रगति एवं हाशिल गरेको उचाईले आफूलाई निकैनै गौरव को अनुभूति महसुस गराएको र भबिश्यमा पनी समाजको अग्रगतिको लागी सधै तपाईहरु माझ रहेर समाज सेवा मा सधै सकृय रहने उदघोष गर्नु भयो ।
 कार्यक्रमको अंतिममा नव गठित कार्यसमिती लाई कार्यभार हस्तान्तरण गर्दै निवर्तमान अधक्ष्य टेक नारायण पौडेलले भन्नु भयो , आफ्नो कार्यकाल केही कमीकमजोरी भएको भए माफी चाहन्छु , आज मैले पदभार हस्तान्तरण गरेपनि समाजप्रतिको मेरो दाईत्वौ एवं सकृयतामा कुनै कमी आउन दिने छैन ।
समाजलाई आवश्क परेको खन्डमा हरपल उपलब्ध हुनेछु । तेसै गरी पूर्व अधक्ष्य बसन्त न्यौपानेलेपनी समाजको हर कार्यं हरुमा आफ्नो सकृयता विगतमा जस्तै रहनेछ भन्दै आफूबाट हुनसक्ने सहयोग सदैब रहने विश्वास दिलाउनु भयो । तेसै गरी नवनिर्वाचित अधक्ष्य लोकनाथ त्रिपाठीले समाजले गरेको विश्वासलाई सधै पहिलो प्राथमिकतामा राखदै सबैको सल्लाह एवं सुजाव लिदै समाजलाई कुशल नेतृत्व दिन हरपल कोशिस गरिरहने छु भन्दै आफूलाई यस स्थानसम्म ल्याई पुरयाउ सहयोग गर्नु हुने सबैलाई हार्दीक धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रम कर्क स्थित थाली नेपाल रेस्टुराँमा भव्यताका साथ सम्पन्न भएको थियो ।

No comments:

Post a Comment